छक्कापन्जा-३ सुरु : छायांकार पुरुश्वोत्तम अनुबन्धित, उनी निर्माता समेत रहने चर्चा

बिबादले पनि सफलता र सिने नगरिमा ऎतिहासिक रेकर्ड कायम गर्न भरपुर सहयोग मिलेको फिल्म हो ‘छक्का पन्जा’ । यस्को दोश्रो सिरिज ‘छक्का पन्जा-२’ पनि बिबादै बिबादमा सुपरहिट फिल्ममा कहलियो । यसो त फिल्मले प्रसंशा नपाएको भने हैन । अब यस्को तेस्रो सिरिज ‘छक्कापन्जा-३’ निर्माण कार्य पनि सुरु भएको छ । छक्का पन्जा ३ बारे हलमा छक्कापन्जा २ सफलताका साथ प्रदर्शन भैरहदा निर्देशक दिपाश्री निरौला र नायिका बर्षा राउतले यसो भनेकि थिइन् ।

‘छक्का पन्जा-३’ निर्माणको गाईगुई हल्ला ‘छक्का पन्जा-२’ ले हलमा मान्छे हसाउदै गर्दा नै चलेको हो । तर यसको औपचारिक थालनी भने भएको थिएन । फिल्मका निर्माता दिपक राज गिरिले आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्टाटस र तस्बिर सार्बजनिक गर्दै फिल्म निर्माणको औपचारिक सुरुवातको संज्ञा दिएका छन् । उनले त्यहाँ जानकारी गराए अनुसार फिल्म छायांकनको लागि छायांकार पुरुश्वोत्तम प्रधान संग सम्झौता भएको भनेका छन् ।

हामी संगको कुराकानिमा निर्माता दिपकले उक्त कुरालाई पुष्टि गरेका छन् । तर, विशेष सुत्रलाई आधार मान्ने हो भने पुरुश्वोत्तम प्रधान ‘छक्कापन्जा-३’ फिल्मको क्यामेरामेन मात्र हैन निर्माता समेत हुन् । श्रोतका अनुसार छक्का पन्जा ३ बाट दिपक-दिपा संगै प्रधान समेतको लगानी रहने छ भने फिल्मको नाफा-घटाको हकदार बन्नेछन् । आउदो बैशाखबाट छायांकनको तयारिमा टीम जुटेको निर्माता दिपकले बताएका छन् भने फिल्ममा कलाकारहरू अहिले नै फिक्स नभएको जानकारी गराए । फिल्मलाई आउदो बर्षको फुलपातीका दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया