हलिउड अभिनेत्री जिना डेभिसकाे चौथो बिहे पनि टुटेपछि..

हलिउड अभिनेत्री जिना डेभिसले पुनः एकल जीवन बिताउने भएकी छिन्। पति रेजा जाराहीले जिनासँग सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै अदालतमा हालेको मुद्दा टुंगोमा लागेपछि उनी एक्ली भएकी हुन्।

जाराहीले जिनालाई किन छोड्ने निक्र्यौल गरे भन्नेबारे केही खुलेको छैन। तर, अदालतमा सम्बन्ध विच्छेदका लागि जाराहीले नै मुद्दा दायर गरेका हुन्। मुद्दा दर्ता गर्न दिइएको निवेदनमा उनले ‘आफूहरूबीचको सम्बन्धमा पुर्न नसकिने खाडल उत्पन्न भएकाले छोडपत्र गरिपाऊँ’ भनेका छन्।

साथै, उनले छोडपत्रपछि जिनालाई आफूले आर्थिक सहयोग गर्न नपर्ने व्यवस्था गर्नसमेत अदालतसँग माग गरेका छन्।उनको यो मागबारे चाहिँ सुनुवाइ भएको छैन।योसँगै जिनाको चौथो विवाह पनि असफल भएको छ। अन्नपूर्णपाेस्टबाट

Purbeli TV

तपाईको प्रतिक्रिया