‘चि मुसि चि’मा सुजाताको स्वर, यस्तो छ नम्रताको ठुम्का (भिडियो सहित)

ईटहरी/ नेपाली फिल्म ‘चि मुसि चि’ को टाईटल गीतको भिडियो युट्युब मार्फत सार्बजनिक भएको छ । लोक लयमा रहेको सार्बजनिक गीतमा नेपाल आईडलको उत्कृष्ट ५ सम्मको यात्रा गरेकी गायिका सुजाता पाण्डेको स्वर रहेको छ । उनले पहिलो पटक फिल्मको गीत गाएकी हुन । सो गीतमा सन्तोष पोख्रेलको शब्द तथा करण राज कार्कीको संगीत समाबेश गरिएको छ ।

भिडियोमा बिक्रम स्वरको कोरियोग्राफी रहेको छ भने नायिका नम्रता सापकोटा छमछमि नाचेकी छिन् । टन्नै कोरस राखेर बनाईएको यो भिडियो निकै आकर्षक बनेको छ । हेर्नुस् सार्बजनिक गीतको भिडियो यस्तो बनेको छ । आउदो श्रावणको ११ गते सार्बजनिक प्रदर्सनमा आउने फिल्म ‘चि मुसि चि’मा सुनिल क्षेत्री, एलिशा शर्मा, सुशान्त कार्की, कमली वाईवा, ससान्क बश्याल, सेखर सुवेदी, शिवराज कार्की लगायतका कलाकारहरूको प्रमुख भुमिका रहेको छ । फिल्ममा अष्ट महर्जनको द्वन्द तथा बासु न्यौपानेको छायांकन रहेको छ ।

अरुण गुरुङ, महेश्वर खत्री, सुबाश भुर्तेल र डब बहादुर गुरुङले संयुक्त रुपमा निर्माण गरेको फिल्मको शिवराज कार्की कार्यकारी निर्माता हुन् । अनिल श्रेष्ठ र अश्विन बश्याल सहायक निर्माता रहेको फिल्मलाई लेखन तथा निर्देशन दिनेश श्रेष्ठले गरेका छन् भने फिल्मको मुख्य सहायक निर्देशक दयाराम दाहाल हुन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया