चाडपर्वको मुखमा कालीप्रसाद बाँस्कोटाले ल्याए देशै रुवाउने गीत (भिडियो)

गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले नेपालीहरुको महान् चाडपर्व दशैं र तिहारको मुखमा देशै रुवाउने गीत बजारमा ल्याएका छन् । सोमबार युट्युबमार्फत् सार्वजनिक गीतमा कालीप्रसाद र मनिष ढकालको स्वर रहेको छ भने शव्द र संगीत कालीप्रसादकै रहेको छ ।

गीतको भिडियोमा आर्मीको कथा देखाइएको छ । भारतीय सेनामा गएका श्रीमान्को आशामा बसेकी एक नारीलाई प्रस्तुत गरिएको छ । जसले भिडियोको अन्त्यमा आफ्नो श्रीमान्को कोशेली र आफूहरु दुईको फोटो मात्र पाउँछिन् । तर, उनले आफ्नो श्रीमान्लाई पाउँदिनन् । भिडियोमा लक्ष्मी बर्देवा, सिद्धार्थ न्यौपाने र कपिल काफ्लेको अभिनय रहेको छ भने उनीहरुलाई निर्देशन गर्ने काम बिजु कर्मचार्यले गरेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया