बलिउड अभिनेता अमिताभ बच्चन गम्भिर घाईते

एजेन्सी । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन चलचित्र छायांकनका क्रममा घाइते भएका छन् । अमिताभ ठग्स अप हिन्दुस्तान’को सेटमा लडेर घाइते भएको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

निर्माण युनिटले सेफ्टीको लागी सामान लगाउन आग्रह गर्दा पनि अमिताबले नमान्दा उनी लड्न पुगेको र घाइते भएको बताइएको छ । अमिताभ घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको छ । अभिताभ अर्का चर्चित अभिनेता आमिर खानसँग एक्सन गर्दा लडेर घाइते भएका हुन् ।

तपाईको प्रतिक्रिया