चलचित्र ‘कृ’ र ‘कान्छी’ बारे यसो भन्छन् दर्शक (हेर्नुस् भिडियो)

पोखरा/ देशभरिको हलमा ७ दिनको फरकले प्रदर्शनमा आएको चलचित्रहरु ‘कृ’ र ‘कान्छी’ यति बेला प्रतिष्पर्धामा छ । दर्शकहरुले यी दुवै चलचित्र हेरीसके पछि विभिन्न खाले प्रतिक्रियाहरु दिई रहेका छन् । कोहि भन्छन चलचित्र कृ उत्कृष्ट फिल्म हो त कोहि भन्छन कान्छी उत्कृष्ट छ । वास्तवमा यी दुवै चलचित्रले आ-आफ्नै कथा बोकेको छ।

दुवै चलचित्रका पात्रहरुले गहिरिएरै अभिनय गरेका छन् र सामाजिक घटनालाई मज्जैले बोलेको छ । यद्धपि नायिका श्वेता खड्का र अनमोल केसी लामो विश्राम पछि चलचित्रमा फर्किएका कारण दर्शकहरुले यसलाई प्रतिष्पर्धाको नजरले पनि हेरिएको छ । हामीले चलचित्र कृ प्रदर्शनमा आए लगत्तै पोखराको विभिन्न हलहरुमा कृ बारे दर्शकहरु माझ प्रतिक्रिया लिन पुगेका थियौं । हेर्नुस् भिडियो ।

जस बाट दर्शकरुको उत्साह जनक प्रतिक्रिया पाएका थियौं । त्यसै गरि चलचित्र ‘कान्छी’ को बारेमा पनि दर्शकहरु बाट प्रतिक्रिया लिन वाराही चलचित्र मनिदरमा पुगेका थियौं । जहाँ थुप्रै दर्शकहरुले चलचित्र कृ भन्दा कान्छी दोब्बर राम्रो रहेको प्रतिक्रिया पाएका छौं ।

तपाईको प्रतिक्रिया