चर्चित रियालिटी शो नेपाल आइडलकि प्रस्तोता रीमा र रोबर्टको डिभोर्स : रोबर्टले गरे बर्षासँग इन्गेजमेन्ट

 काठमाडौँ । २ बर्ष अगाडि नायिका रीमा विश्वकर्माले बेलायतमा बस्दै आएका रोबर्ट बीकसँग बिहे गरेकी थिइन् ।यी दुइको बिबाह काठमाण्डौको हायात होटलमा भएको थियो । हायात होटलमै आफन्त, चलचित्रकर्मी र केही पत्रकारलाई बोलाएर यी दुइले भव्य भोज समेत दिएका थिए ।बिहेपछि रीमा कहिलेकाही बेलायत पनि पुग्थिन् । रीमा चलचित्र क्षेत्रमा नै व्यस्त भइन् भने बेलायतमा रोबर्ट आफ्नो काममा व्यस्त भए ।

रीमाले सामाजिक संजालमा रोबर्टको परिवारसँग बेलायत घुम्दै गरेको तस्बिर पनि पोष्ट गरेकी थिइन् ।तर, पछिल्लो केही महिनायता रीमाको फेसबुकमा रोबर्ट र उनका तस्बिर आउन छाडेका थिए । रीमा एपीवन टेलिभिजनबाट प्रशारण भएको चर्चित रीयालिटी शो ‘नेपाल आइडल’मा बढी व्यस्त भइन् ।

जुन तस्बिरमा रीमा पति रोबर्टले बर्षा रसाइलीसँग इन्गेजमेन्ट गरेका छन् । केही म्यूजिक भिडियोमा समेत काम गरिसकेकी बर्षा मोरङकी हुन् भने उनी हाल काठमाण्डौमा बस्दै आएकी छिन् । रोबर्ट र बर्षाले इन्गेजमेन्ट गरेको तस्बिरबाट पनि प्रष्ट हुन्छ ।रोबर्टले बर्षासँग इन्गेजमेन्ट गरेपछि कतै रीमा र उनीविच डिभोर्स त भएको होइन भन्ने प्रश्न सोझिएको छ । वुझिएअनुसार, रीमाले केही महिना अगाडि रोबर्ट र आफ्नो डिभोर्स हुन लागेको उनी निकट साथीहरुसँग बताएकी थिइन् ।

यसैले, पनि रीमा र रोबर्टको डिभोर्सपछि रोबर्टले अर्को बिहे गर्न लागेको वुझ्न सकिन्छ । यो बिषयमा वुझ्न खोज्दा रीमाको फोन उठेन ।प्राप्त खबरअनुसार रीमा र रोबर्टविच सहमतिमै २ साता अगाडि डिभोर्स भएको हो । डिभोर्स पश्चात रोबर्टले बर्षासँग इन्गेजमेन्ट गरेका हुन् ।नेपाल आएर उनले रीमासँग सहमतिमै डिभोर्स गरेको श्रोतले बतायो । यसपछि, बर्षा र रोबर्टको शुक्रबार इन्गेजमेन्ट भएको थियो । बिहेको मिति भने तय भएको छैन । इन्गेजमेन्ट गरेर रोबर्ट बेलायत फर्किसकेका छन् । –अनलाइनखबरबाट साभार

तपाईको प्रतिक्रिया