चर्चा बटुल्दै राउडिजमको स्ट्यान्डप कमेडि (भिडियो सहित)

ईटहरी/ पछिल्लो समयमा नेपालमा कमेडी अन्य देशमा मात्र नभई नेपालमा पनि व्यापक मन पराइएको पाइन्छ । अझ युट्युबमा आउने बिभिन्न कमेडिको शृङ्खलाले त झनै यसपट्टि नेपालिहरुको लगाबलाई तानेको छ । यसको एउटा महत्त्वपूर्ण पाटोको रुपमा विकसित हुँदै छ । ‘स्ट्यान्डप कमेडी’ । हेर्नुस् प्रदेश १ को ईटहरीबाट राउडिजमले सुरु गरेको स्ट्यान्डप कमेडीको पछिल्लो एपिसोड ।

अहिले कमेडिको यो शैली काठमाडौमा मात्र सिमित नभएर प्रदेश १ को ईटहरीमा पनि भित्रीएको छ । फरक पन र फरक शैलिमा प्रस्तुत गरिने यस्ता खाले शोलाई युट्युबमा निक्कै रुचाउने गरिन्छ । युवापुस्ताको यसमा क्रेज बढेसङै विभिन्न ठाउमा समूह बनाएर स्ट्यान्डप कमेडी गर्ने गरिएको छ ।

राउडिजम इन्टरटेनमेन्ट हाउसले दर्सकहरुको रुचीलाई ध्यानमा राखी ‘राउडिजम इस्ट्य़ान्ड़प कमेडी’ प्रदेश १ मा पहिलो पटक ईटहरीबाट सुरु गरिएको हो । जुन कार्यक्रममा दर्सकहरुलाई मनोरंजन दिनका लागि विभिन्न बिषयमा हास्य व्यंगात्मक कार्यक्रम गरिन्छ । हरेक साता राउडिजमको युट्युब च्यानलबाट यसको विभिन्न एपिसोडहरु सार्बजनिक गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…