‘चपली हाइट २’को पहिलो गीत सार्वजनिक (भिडियाे सहित)

चलचित्र ‘चपली हाइट २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘गल्ती गरौ न’ बोलको गीतमा चलचित्रका मुख्य २ कलाकार आयुष्मान देसराज जोशी, परमिता आर
एल रानालाई फिचरिङ गरिएको छ ।ट्रेलर सार्वजनिक भएसँगै चर्चामा  चलचित्रमा मरिष्का पोख्रेल पनि मुख्य भूमिकामा छिन् ।अर्जुन कुमारले संगीत भरेको गीतमा धमेन्द्र सेवानको स्वर, सुरेश राइको शब्द छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको लोकेशन, छायांकनदेखि लाइटिङ पक्ष उत्कृष्ट छ ।  दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।भिडियोमा प्रेममा डुबेका २ यूवायूतीको रोमान्सलाई देखाउन खोजिएको छ । भदौ २ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…