‘चपली हाइट’ गल विनिता आमा बन्दै, ‘लिटिल बिनिता’ आउँदैछिन् भनेर साटिन् खुशी

इटहरी / सामाजिक संजाल मार्फत अमेरिकामा रहेकी नायिका विनिता बरालले सरप्राइज भन्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छिन् । उने सामाजिक संजाल फेसबुकमा सरप्राइज भन्दै आमा बन्न लागेको तस्वीर सार्वजनिक गरेकी हुन । उनले केही महिना अगाडि मात्र अमेरिकामा नै रहेका प्रेमी तिलक पौडेलसँग बिहे गरेकी थिइन् ।

बिहे गरेको केही महिनापछि विनिताले सरप्राइज भन्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले ‘लिटिल बिनिता’ आउँदैछिन् भनेर पनि जानकारी दिएकी छिन् । चलचित्र ‘चपली हाइट’मा काम गरेपछि एकाएक चर्चामा आएकी विनिताको यसपछि अभिनय गरेका केही चलचित्र भने असफल भएका थिए । विनितालाई अहिले सामाजिक संजालमा बधाइको ओइरो लागेको छ ।

तपाईको प्रतिक्रिया

Loading…