गोल्डेन मेडल पाउदै नेपालका प्रीतम पुगे सारेगमप लिटिल च्याम्प्सको उत्कृष्ट १५ मा

ईटहरी/ जी टिभि बाट प्रशारण भैरहेको चर्चित भारतीय बाल गायन प्रतियोगिता ‘सारेगमाप लिटल च्याम्प्स’को उत्कृष्ट १५ मा इटहरीका बालगायक प्रीतम आचार्य पुगेका छन् यसअघि उनी उत्कृष्ट ३० मा पुगेका थिए । उत्कृष्ट टप ३० मा पुग्दा उनले सिल्भर मेडल पाएका थिए भने उनले अहिले टप १५ मा पुग्दा गोल्डेन मेडल पाएका छन् । प्रीतम साढे ७ लाख प्रतिष्पर्धीलाई उछिन्दै उत्कृष्ट १५ सम्म पुग्न सफल भएका हुन् । उनी यसअघि कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने सुरसाला आइडल का उपविजेता समेत हुन् । सुरसाला आइडलका विजेता आयुष केसी पनि प्रितम संगै सारेगमप मा प्रतिष्पर्धाको क्रममै छन् ।

५ बर्षदेखि नै गाउन सुरु गरेका प्रितमका युटूबमा थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । उनका सामान्य अन्तरबार्ताहरु पनि युटुबमा लाखौले हेरिसकेका छन् । क्लासिकल, लोक, पप, आधुनिक, शास्त्रीय लगायतका जुनसुकै गीत पनि सजिलै संग गाउन सक्ने खुबी भएका प्रितमले नेपालको नाम राख्छन भन्ने बिश्वास सबैमा छ । उनी पनि बारम्बार भन्ने गर्छन् ‘नेपालको नाम राखेर फर्किन्छु’ । हाम्रो तर्फबाट प्रीतमलाई अझ सफलताको सुभकामना ।

Purbeli TV

तपाईको प्रतिक्रिया