गीत गाईन सोनिका रोकायले, भिडियोमा पनि आफै हट अवतारमा (भिडियो सहित)

ईटहरी/ युट्युबमा डबल अर्थी लाग्ने शब्दहरु प्रयोग गर्दै अन्तरबार्ता लिएर चर्चामा आएकी सोनिका रोकाय अभिनित एक म्युजिक भिडियो सार्बजनिक भएको छ । उनले लिएका अन्तरबार्ताका भिडियोहरुले युट्युबमा लाखौ भ्युज पाए संगै ट्रेन्डिङमा समेत परिरहेको हुन्छ ।

सार्बजनिक ‘गाना बजा डिजे लगा’ बोलको गीतलाई सुनिल कट्वालले गाएका छन भने उनलाई सोनिकाले नै गीत गाउनमा सघाएकी छिन् । यसअर्थमा उनले गायिकामा पनि यो गीतबाट डेब्यु गरेकी छिन भन्दा फरक पर्दैन । गीतमा भिम बिष्ट सिरिषको शब्द संगीत रहेको छ ।

उक्त गीतमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समाबेश गरिएको छ । नरेन्द्र बियोगीले एरेन्ज गरेको गीतको भिडियोमा सोनिका हट अवतारमा प्रस्तुत भएकी छिन् । भिडियोलाई सुजन मार्फा तामाङले कोरियोग्राफी गरेका छन् । सोभित बस्नेतले निर्देशन गरेको भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । द मोन्टाज बाट सम्पादन गरिएको भिडियोमा सोनिकालाई सेखर र जेनेरेशन क्रु ले सघाएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया