गित संगितबाट उत्साहित उत्तमजंग

सांगीतिक माहौलमा रमाइरहेका गायक तथा संगीतकार उत्तमजंग लिम्बु हाल निक्कै उत्साहित छन् । उत्साहित हुनुमा उनको सफलता र व्यस्तता नै हो । हक्की र निडर स्वभावका छन् उनी । हालसम्मको सांगीतिक दौरानमा केही सफलता बा“की स्ट्रगल पिरियड नै लाग्छ उनलाई उनको सांगीतिक यात्रा । वि.सं. २०६६ मा खोजी प्रतिभाको रियालिटी शोमा फर्म भरेको दुई वर्षसम्म पर्खिएर उनले दोस्रो स्थानमा आफूलाई दर्ज गरेका थिए । त्यसपछि उनले मिना सिंगक लिम्बुको शब्द तथा ताराप्रकाश लिम्बुको संगीतमा नेपाली कथानक चलचित्र ‘प्रितीको फुल’को ‘डर थियो मलाई..’ बोलको गीत मार्फत् सांगीतिक दुनियामा पाइला अघि बढाएका हुन् ।


यसरी नै सांगीतिक क्षेत्रमा गायकको पगरी गुथेर अघि बढे उत्तमजंग अनि मामा बिजय केरुङको हौसला र साथ सहयोग सधैं स्मरण हुने गर्छ उनलाई । उनलाई २०६७ सालमा रेकर्ड भएको गीत ‘एकतर्फी माया लाएछु…’ले नेपाली गीत संगीतको क्षेत्रमा थोरै परिचित गराएको भान अहिले पनि लागिरहन्छ । त्यसताका उनी सांगीतिक कार्यक्रमहरूमा व्यस्त पनि हुनुपरेको स्मरण छ । विस्तारै विस्तारै उनी गायनमा मात्र सीमित रहेनन् उनले एक चलचित्रमा अभिनय पनि गरे भने ५ वटा चलचित्रमा संगीत भर्न भ्याए । अक्सर उनले संगीत भरेका चलचित्रहरुले त्यति चर्चा पाएनन् । तर, पनि रत्तिभर उनलाई दुःख लागेन, अझ उत्साहित भएर संगीतमा तल्लिन रहे । यसरी निरन्तर संगीत क्षेत्रमा अहोरात्र खटेर लागिपरेका लिम्बुले हाल आएर गायक राजेश पायल राईको आउन लागेको गीति एल्वम ‘दर्शन नमस्ते ४’को टाइटल सङको शब्द÷संंगीत भर्न भ्याए । सो गीतबाट पनि पनि उनले आशा गरेका छन् । राजेश पायल राईले उनकै गीतलाई फाइनल गरेकोमा उत्तम अझ उत्साहित छन् ।

यस्तै क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भइरहेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’मा पनि लिम्बुले संगीत भर्न र स्वर दिइसकेका छन् । चलचित्र पुरानो बुलेटको ‘दही चिउरा असार पन्ध्रमा…’बोलको गीतबाट स्रोताको मन जित्नेमा उनी ढुक्क छन् । सो गीतमा मेलिना राईले उनलाई साथ दिएकी छिन् । र अर्काे स्याड गीत ‘जमुना..’ गायक राजेश पायल राईको स्वरमा सजिएको छ । पूर्वेली न्यूजसंगको भेटमा उनले भने– ‘म पहिले गायनमा मात्र सीमित थिएं, अब चाहिं संगीत यात्रालाई पनि एकसाथ अघि बढाउनेछु ।’ यस्तै उत्तमजंगले माया मगरको गीति एल्वम ‘माया’मा पनि सोलो संगीत भर्न भ्याए । सो गीति एल्वममा माया मगरको एकल शब्द अनि गायिका मेलिना राईको गायन रहेको थियो । उक्त एल्वममा रहेको ‘म त गाउंकी गोरी रे…’बोलको गीत २०७४ सालमा धेरैले रुचाएका थिए ।
गफगाफकै क्रममा निक्कै ठाटिएर भेटिएका लिम्बुले उत्साहित हुदै भने–‘अब ब्याक टु ब्याक नेपाली चलचित्रहरुको संगीत गर्ने अवसरहरु आइरहेका छन् । अहिले कम्पोजमै व्यस्त छु । भावी दिनमा अझ राम्रा राम्रा गीत संगीत पस्कन सधै प्रयास गर्नेछु ।’

प्रस्तुति -सन्तोष राई

तपाईको प्रतिक्रिया