गायिका मिलन अमात्यको हातबाटै लुटियो मोबाईल र महत्त्वपूर्ण सामान भएको ब्याग

ईटहरी/ गायिका मिलन नेवार अमात्य लुटिएकी छन् । उनको हातबाटै मोबाईल र महत्त्वपूर्ण सामान सहितको ब्याग लुटिएको हो । गत अगस्टको ३१ तारिख बिहिवारका दिन उनी घर फर्किदै गर्दा यो घटना भएको सामाजिक संजाल फेसबुकमा उल्लेख गरेकी छन् । काठमाडौको कुलेश्वरमा अवस्थित मेट्रो अपार्टमेन्ट अगाडिबाट एक केटाले मोबाईल संगै ब्याग र ब्याग भित्र रहेको लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका ब्यागमा भएका सम्पुर्ण सामान लुटिएको सो पोस्टमा लेखेकी छन् ।

यस्तै आफू संग कसैको नम्बर नभएको र आफन्तको नम्बर, लाईसेन्स र ब्लु बुक सबै भन्दा महत्त्वपूर्ण भएको भन्दै कसैले भेट्नु भएमा आफुलाई फेसबुकमा म्यासेज गर्नुहुन वा प्रहरीकोमा बुझाईदिन अनुरोध गरेकी छन् ।

उनले चोरलाई अरु लगेपनि मोबाईल, लाईसेन्स, ब्लु बुक र एटिएम कार्ड कुनै पनि माध्यमबाट आफुलाई उपलब्ध गराईदिन भनेकी छन् । सो पोस्टको अन्त्यमा उनले “कागजात हेरेर अबस्य चिन्नु भयो होला ! पैसा लगेर सामान कहि छोड्दिनु होला ! चोर जि” लेखेकी छन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…