बलिउड गायिका नेहा कक्कड आमा बन्दै

बलिउडकी चर्चित गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन । २४ अक्टुवरका दिन आफ्नो प्रेमी रोहन प्रित सिंहको साथमा बैबाहिक जीवनमा बाधिएकी गायिका उनि आमा बन्ने खबर बाहिर आएको छ । सामाजिक संजालमा तस्वीर शेयर गर्दै उनले आफू आमा बन्ने तयारीमा रहेको जानकारी फ्यानहरुलाई दिएकी छिन् ।

दुबैको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो भने विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति समेत रहेको थियो । तर अहिले रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै नेहाले लेखेकी छिन्–‘अब मेरो ख्याल राख्ने गर ।’

रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्याल राख्नुपर्ने उल्लेख गरेका छन् । यस्तै, गायक टोनी कक्कडले पनि आफू मामा बन्न लागेको उल्लेख गरेका छन् ।नेहाले तस्वीर सार्वजनिक गरेसँगै उनलाई बलिउडका कलाकारहरुले वधाई दिएका छन् ।

तपाईको प्रतिक्रिया