गायिका टीका सानू छायांकन स्थलमै लडेर घाईते

इटहरी / लोकप्रिय गायिका टीका सानू घाईते भएकी छन् । कोरोनाको कारण निषेधाज्ञा खुकुलो भएसंगै पछिल्लो समय म्युजिक भिडियो छायांकन तथा गीत रेकर्डिङमा ब्यस्त सानू भिडियो छायांकनकै क्रममा घाइते भएको जनाएकी छन् । उनले फेसबुकमा एक स्ट्याटस र फोटो राख्दै यो कुराको जानकारी गराएकी हुन् ।

छायांकन सकिनै लाग्दा हिड्दा हिड्दै लडेर उनको खुट्टामा चोट लाग्न पुगेको छ । सामान्य चोट लागेपनी हस्पिटलमा उपचारपछि डाक्टरले २-३ हप्ता आराम गर्न सल्लाह दिएको लेखेकी छन् । अब उनको आगामी दिनको कामहरु समेत प्रभावित भएको छ ।

साउन ६ गतेसम्मको कामका लागि आफुले बोलेको उनले लेखेकी छन । सो कामहरुमा समेत अबरोध सिर्जना भएको छ । स्वास्थ अवस्था बिग्रीएको कारण आफुले बोलेको काममा असर पर्न गएको प्रती उनले क्षमा मागेकी छन् । डाक्टरको सल्लाह बमोजिम उनी केही हप्ता आराम गर्नेछिन् ।

तपाईको प्रतिक्रिया