गायिका जलजलालाई कलाकारको सहयोग

काठमाडौं ।दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएकी गायिका जलजला परियारलाई कलाकारहरुले सहयोग गरेका छन् ।
नेपाली तारा सिजन ३ मा सहभागी भएपछि स्रोता माझ चिनिएकी जलजलाले बाटो मूनिको फूल २मा गाएको गीत ‘केही कदम तिमीसँगै हिड्ने मन छ’ चर्चित बनेको थियो ।

उनै गायिका जलजला अस्पताल भर्ना भएपनि कलाकारहरुले सहयोग गर्न थालेका छन् ।बुधबार साँझ जलजला अस्पताल भर्ना भएको सुनेपछि गायक÷संगीतकार महेन्द्र राई र दिपा तामाङको सक्रियतामा नेपाल र विभिन्न देशमा रहेका सहयोगीबाट संकलन भएको ३५ हजार भन्दा बढी रकम उनिहरुले जलजलाको उपचार भईरहेको टिचिङ हस्पिटलमा लगेर उनका बुवालाई हस्तान्तरण गरेका हुन ।

तपाईको प्रतिक्रिया