गायिका अन्जु पन्तले गरिन् प्रेमी थिर कोइरालासँग विवाह

इटहरी / गायिका अन्जु पन्तले विवाह गरेकी छिन् । उनले प्रेमी थिर कोइरालासँग विवाह गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । केही समय अगाडी मात्र उनीहरुको प्रेम सार्वजनिक भएको थियो । विवाह मिति भने सार्वजनिक भएको थिएन ।

अन्जुले सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छन् । उक्त भिडियो अनुसार उनीहरुले चर्चमा विवाह गरेका छन् ।

गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अन्जुले केही महिना अगाडि छोरीकै दबाबका कारण बिहेको बिषयमा सोचेको पनि बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया