गायिका अन्जु गौतमकाे पूर्वेली गीत ” पूर्बको किरण…” सर्वजानिक (भिडियाे सहित)

इटहरी / गायिका अन्जु गौतम तथा सन्तोषकाे पूर्वेली गीत ” पूर्बको किरण…” सर्वजानिक भएकाे छ । दिपेन्द्र खड्काकाे शब्दः, सन्तोष बि.सीकाे संगीत, नारायण दंगालकाे एरेन्ज रहेकाे उक्त गीत अन्जु गौतमकाे अाफ्नै यूट्यव च्यानल मार्फत सर्वजानिक गरिएकाे हाे ।

सुमन सागर जङ्ग के.सी.काे निर्देशन रहेकाे उक्त गीति भिडियाेलाइ खेम थापा मगर तथा नबराज खड्काले छायांकन गरेकाे हुन् । गीतमा सुरेश राउतकाे सम्पादन, सिलन श्रेष्ठकाे कोरियोग्राफी, सरु पोख्रेलकाे ज्ञृंगार रह्रेकाे छ । गीतमा राहुल श्रेष्ठ,ज्योती खड्का लगायतहरूकाे अभिनय रहेकाे छ । पूर्वी नेपालका दर्शक तथा श्रोतामाझ लोकप्रिय रहेकी गायिका अञ्जु गौतमले पूर्वकै लोक भाकामा आधारित एउटा मौलिक गीत सार्वजनिक गरेकी हुन्। भिडियाे

तपाईको प्रतिक्रिया