गायन क्षेत्रमा जम्दै रश्मी

खोटाङ / खोटाङ जिल्ला अन्तर्गत जन्तेढुङ्गा –४ डम्वर्खुशिवालयको चुम्लुङ घर भएकी रश्मी राई पछिल्लो समय नेपाली सांगितिक आकासमा एउटा चम्किलो ताराको रुपमा उदाएकी छन् । विभिन्न भाषामा आफ्नो सुमधुर आवाज दिन सक्ने रश्मी विभिन्न वोलका गित गाएर स्रोताको मन–मनमा बस्न सफल भएकी छन् ।

खोटाङ जिल्ला नेपाली सांगितिक क्षेत्रको लागि उर्वर भूमि नै हो । राजेश पायल राई, महेश खड्का, शान्तिराम राई, धिरज राई, सत्यकला राईजस्ता सफल हस्ती तथा अनगिन्ति कलाकार जन्म दिएको यस जिल्लाले रश्मी राईलाई पनि सुमधुर स्वरसहित कलाकारीतामा जन्म दिएको छ । बाबु प्रसाद राई र आमा धनकुमारी राईकका चार छोरीमध्ये जेठी छोरी रश्मी नवोदित गायीका हुन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेपछि काठमाडौं छिरेकी रश्मीले गायनका क्षेत्रमा रहेका समस्या र जिबीकोपार्जनमा थपिएका चुनौतिसंग भिड्दै अहिले चार भाषामा आफ्नो स्वर दिन सफल बनेकी छन् ।

नेपाली, चाम्लिङ, वान्तावा र कोयु भाषामा आफ्नो स्वर दिएकी रश्मीले दर्शक तथा स्रोताको ध्यान आफुमा तान्न सफल भएकी छन् । उनले हालसम्म दुई दर्जन भन्दा बढी गित गाईसकेकी छन् । एक–दुई –तीन भन्दै मायाको गल्ती सुरु भयो वोलको गित स्टुडियोमा पहिलो पटक रेकर्ड गराएकी रश्मीले खोटाङ जिल्लाको सम्पूर्ण सेरोफेरोलाई शव्दमा समावेश गरिएको दुवेधारापानी हाटैमा वोलका गित समेत गाएकी छन । उक्त गित भाईरल बन्यो ।

रश्मीले स्वरमा रहेको फर्की आउँनु है राजा, जलेको छ मेरो मुटु छिया–छिया पार्छौ, धरान शहरको भानु चोकमा भेटौ न कान्छा मेलैमा लगायतका गित बजारमा सवत्र रहेका छन् । ए है हो सोल्टी ज्यू, नाकैमा टल्केने झम्के फुली, बरको छाँयाले मर्नु न बाँच्नु पार्यो है मायाले जस्ता गितहरु श्रोतामाझमा ल्याएकी छिन् । रश्मीले गाएका अधिंकास गितहरु यूवापुस्तामा मिल्दोजुल्दो भएपछि यूवापुस्ताले उनको गितलाई बढी मन पराउँने गरेका छन् । रश्मीले गाएका गितको भिडियो पनि बजारमा आएका छन् ।

हालसम्म कलेक्सन एल्मबममा मात्र आफ्नो स्वर दिने गरेको बताउँदै आएकी उनले किरातीहरुको मुख्य नाच साकेला सिली जस्ता गितमा पनि आफ्नो दिएकी छन् । उनले भनिन, “वाल्यकाल देखी नै गित संगित असाध्यै मन पर्थियो, गित संगित भनेपछि म खुव चासो राख्थ्ये, राजेश पायल राईले गाएका अधिकांस गितहरु म सुन्ने गर्थे, जसले गर्दा गित संगितप्रति लगाव राखे त्यसवाटै प्रेरणा मिल्यो ।

हुने विरुवाको चिल्लो पात भनेझै रश्मीले मुलुकका विभिन्न ‘स्टेज प्रोग्रामम’ मा समेत आफ्नो कला प्रदर्शन गरेर स्रोताको ध्यानलाई आफुमा केन्द्रित गर्न उनलाई भ्याईनभ्याई छ । फुटबल प्लेयर बन्ने लक्ष्य राखेको बताउँने रश्मी अहिले गायन पेशामा अव्वल बन्दै गएकी छन् । रश्मीले गायन क्षेत्र रोजेको दुई वर्ष जति मात्र भएको छ । यहि बीचमा रश्मीले धेरै श्रोताको अपार माया पाएको बताउँदै आएकी छन् ।

रश्मीले भनिन, “मैले हालसम्म आधुनिक र पप गीत गाएकी छु । म राईकी छोरी भएकी हुँदा बान्तवा, कोइलिङ र चाम्लिङ भाषामा पनि गीत गाएकी छु । साकेला, उद्यौली र उभौलीका गीतहरु पनि थुपै्र गाएकी छु ।” रश्मीका अनुसार, “मैले ‘स्टेज सो’का लागि कुन समुदाय र संस्कारका स्रोता र दर्शकहरु छन् ? त्यसको मुल्यांकन गरेर सबै जाति, भाषा र लिंगलाई समेटेर गित गाउँदा मन पराउछन् भन्ने आधारमा योजना बनाएर गीत गाउँने गर्छु ।” अहिलेसम्म नेपाली भाषालगायतका चार भाषामा गीत गाउँदै आएको रश्मी विदेशी भाषाका गीतहरु पनि गाउने मौका पाएको खण्डमा तयार रहेको उनले बताईन् ।

“म पनि सुरुका दिनमा धेरै दुःख कष्ट सहेर यो स्थानमा आइपुगेको छु । जब हामी एउटा घरको जग बनाउनका लागि सुरु गछौं । सबै खालका निर्णय गरेर मात्र गर्ने गरिन्छ । दुःख र चुनौति पार गरेर दर्शक र स्रोताका माया पाएको छु । यहि पेशा अगाल्दा भोलिका दिनमा नेपाली धर्तीको एउटा अव्वल गाएका बन्नेछु, रश्मीले भनिन ।” रश्मीले गाएको भेडेटारमुनी सुन्दर धरान बजार भन्ने गित बजारमा यहि हप्ताभीत्र आउँन लागेको छ । यस गितमा संगित महेन्द्र राई र एरेन्ज राजु कार्कीको रहेको छ भने, गितकार जितमान राई पनि रहेका छन् ।

यस्तै रश्मीकै स्वरमा रहेको रैछाकुले माईतीको चेली हुँ म खियामा वोलको गित पनि यहि हप्ताभीत्रमा रिलिज हुदैछ । यो गितमा रश्मीले चाम्लीङ र नेपाली भाषामा आफ्नो आवाज दिएकी छन् ।

तपाईको प्रतिक्रिया

Loading…