गायक डम्बर नेपालीलाई रक्सी नखाई निद्रै लाग्दैन (भिडीयो सहित)

उर्लाबारी । गायक डम्बर नेपालीले नयाँ गीत ‘रक्सी नखाई निद्रै लाग्दैन’को भिडीयो सार्वजनिक गरेका छन् । आफ्नो चौथो एल्बममा ‘मेरो’ मा समाबिष्ट उक्त गीतको भिडीयो युट्युव मार्फत सार्वजनिक गरिएको हो । गायक नेपालीकै शब्द संगीत रहेको उक्त गीतको भिडीयोमा चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई,श्याम राई, मोडल आस्मा पाण्डे र तेन्जु योन्जनले लगायतले अभिनय गरेका छन् ।

अर्जुन तिवारीको छायाँकङ्न रहेको भिडीयोको निर्देशन युगल पोमुले गरेका हुन् । निसान घिमिरेले भिडीयोको सम्पादन गरेका हुन् । रक्सी पिउनुको सन्दर्भहरु समेटिएको गीतको भावलाई आकर्षक र रमाईलो तरिकाले भिडियोमा देखाइएको छ । भिडीयोलाई रुबुसा क्रियसनले बजार ब्यवस्थापन गरेको छ । ‘कसैको याद र पिरले अनि साथीभाईसँग रमाईलो गरेर बस्दा रक्सी पिउने गरेको अवस्थालाई गीतमा समेटेको छु,गायकले नेपालीले भने‘ भिडियोबाट राम्रै नजिता मिल्ने अपेक्षा छ । भिडियो काठमाडौंमै छायाँङ्कन गरिएको हो ।

तपाईको प्रतिक्रिया

Loading…