‘क्याप्टेन’को सुटिङ रोकेर सरोज खनालले गरे बच्चालाई रगत दान

ईटहरी/ नेपाली सिने उद्योगका चर्चित अभिनेता भित्रै पर्छन सरोज खनाल । १७ बर्ष अमेरिका बसेर नेपाल फर्केका उनी फेरि राम्ररि नै नेपाली दर्शक माझ क्लिक भएका छन । हालै उनले सुटिङकै क्रममा कसैलाई निकै ठूलो गुन लगाएका छन् । अहिले उनी अनमोल स्टार फिल्म ‘क्याप्टेन’को छायांकनमा ब्यस्त छन् ।

हस्पिटल एरियामा फिल्मको छायांकन गर्नु पर्ने भएको ले काठमाडौ स्थित मेडिकेयर हस्पिटलमा क्याप्टेनको छायांकन भैरहेको थियो । जहाँ उनै खनाल निर्देशकको एक्सन कटमा थिए । त्यही समय हस्पिटलमा ब्लडको आवश्यक पर्यो, जुन उनको कानमा पर्यो र ब्लड ग्रुप पनि मिल्न पुग्यो । यसैले पनि कसैको रक्षाको निम्ति आफुले ब्लड दिने बिचार गरे ।

फलस्वरूप उनले सुटिङ नै रोकेर ब्लड दिन अघि सरेको कुरा तस्बिर सहित फेसबुकमा लेखेका छन् । उनले उक्त स्टाटसमा भर्खरै जन्मिएका तिम्ल्याहा बच्चा (२ छोरा र १ छोरी) लाई फ्रेश रगतको आवश्यक परेको हुनाले आफ्नो तर्फबाट गर्नु पर्ने सहयोग गरेको लेखेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया