क्यान्सर पिडित बचाउन ३० सालकाे प्लेन अपहरण वृत्तचित्र प्रदर्शन

पथरी / ब्लड क्यान्सर पिडित ढड्कन राई बचाउन २०३० सालमा प्रजातन्त्रको लागि प्लेन अपहरणकाे वृत्तचित्र प्रदर्शन गरिने भएकाे छ । २०३० सालमा राजामा रहेकाे अधिकार सत्ता जनतामा ल्याउन नेपाली काङ्ग्रेका शिखर पुरुष गिरिजा प्रसाद काेरालाकाे नेत्रित्वमा भएकाे प्लेन अपहरणकाे कथामा अाधारीत राजनैतिक वृत्तचित्र प्रदर्शन गरिन लागेकाे कार्यक्रम संयाेजक सुबिन पराजुलिले बताए । साे वृत्तचित्र प्रदर्शन बाट उढेकाे रकम खर्च कटाएर ढड्कन राईलाई सहयाेग गरिने पराजुलीले बताए ।

वृत्तचित्रले नेपाली काङ्ग्रेसले प्रजातन्त्र ल्याउन खेलाेकाे भुमिका संगै प्लेन अपहरण गर्दा नेपाली काङग्रेसका नेता गिरिजा प्रसाद काेईराला, वसन्त भट्टराई, नगेन्द्र ढुङगेल र दुर्गा सुबेदीले भाेगेका दु:ख र प्रजातन्त्र प्राप्तीकाे भावना चित्रण गरिएकाे थियाे । पथरीशनिश्चरेका १७ बर्षीय ढड्कन राईकाे उपचारमा थप सहयाेग पुर्याउन असाेज २ गते पथरीकाे कञ्चन चलचित्र मन्दिरमा बिहान ९ बजे साे वृत्तचित्र प्रदशन गर्न लागिएकाे कार्यक्रमकाे सदस्य केशर राईले बताए । अार्थिक अभावका कारण ३ महिना देखि उपचार गराई रहेका ढड्कन राईकाे उपचारमा २५ लाख खर्च भै सकेकाे र थप २० लाख लाग्ने भएकाे छ ।

तपाईको प्रतिक्रिया