बैशाख १४ गतेदेखि ‘कोहलपुर एक्सप्रेस’ देशैभर

नायिका केकि अधिकारी निर्मात्री बनेर निर्माण हुँदै गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति सार्बजनिक गरिएको छ । फिल्मकी नायिका तथा निर्मात्री केकिले आफ्नो फेसबुक मार्फत फिल्मको प्रदर्शन मिति सार्बजनिक गरेकी हुन् । हाल बाके जिल्लाको कोहलपुरमा छायांकन भैरहेको फिल्मलाई बैशाख १४ गते हेर्न पाईने छ ।फिल्मको छायांकन सोचे जस्तो र खोजे जस्तो भैरहेको जानकारी पनि गराएकी छिन् । बिशाल भण्डारीको निर्देशनमा बनिरहेको फिल्मलाई केकी अधिकारी संगै भद्र बहादूर, देवी लाल न्यौपाने, र शिव प्रसाद चौंलागाईले संयुक्त लगानी गरेका छन् । जुनकिरी आर्टसको प्रस्तुति रहने फिल्ममा केकी अधिकारी लगायत प्रियंका कार्की, रिचा शर्मा, विनोद न्यौपाने, बुद्घि तामाङ, रबिन्द्र झा, सुजन कार्की लगायत कलाकारको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया