कोहलपुर एक्सप्रेसमा नाचिन् केकि र रीमा, ‘सिओडब्लु काउ’ भिडियोमा हेर्नुस्

नेपालमा फिल्म रिलिजमा होस् वा भिडियो गीत रिलिजको लागि होस्, चाडपर्वले निकै महत्त्व राख्ने गरेको छ । यसैबीच नेपाली सिने उद्योगमा पछिल्लो समय प्रदर्शनको तयारिमा रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को पहिलो गीत बसन्त पन्चमिको अवसर पारेर सार्बजनिक भएको छ । ‘सिओडब्लु काउ’ बोलको गीत आज सोमबार युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

यसअघि नै सार्वजनिक गर्ने भनिएपनी फिल्मको निर्देशकको जन्मदिनको अवसरमा नायिका तथा निर्मात्री केकि अधिकारी ‘कोहलपुर एक्सप्रेस-२’ निर्माणको घोषणा गरिएकोले गीत रिलिजलाई पोस्टपोण्ड गरिएको थियो । सार्बजनिक भएको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको युगल आवाज रहेको छ । गीतमा शब्द, संगीत पनि राजनकै रहेको छ भने उनको अघिल्ला गीत भन्दा यो अलि फरक गीत भनिएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

कोहलपुर एक्सप्रेसलाई केकि अधिकारीले निर्माण गरेकी हुन भने यो उनको डेब्यु निर्मात्री रहेको चलचित्र हो । चलचित्रमा उनी संगै ऋचा शर्मा, प्रियंका कार्की, विनोद न्यौपाने, बुद्धि तामाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराई लगायत कलाकारहरूको अभिनय रहेको छ । म्युजिक भिडियो निर्देशन गरिरहेका बिशाल भण्डारीले निर्देशन गरेको यो फिल्म उनको पनि डेब्यु निर्देशन हो । यता बलिउडका प्रतिक्षित फिल्महरुको रिलिजले गर्दा फिल्म प्रदर्शन मिति भने अन्यौलमा परेको छ ।

तपाईको प्रतिक्रिया