कोरोना जितेर घर फर्किए अमिताभ बच्चन, हात जोडेर सबैलाई दिए धन्यवाद

एजेन्सी / अभिनेता अमिताभ बच्चन कोरोनामुक्त भएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको ट्विटरमार्फत् जानकारी दिएका छन् । कोरोनाको संक्रमण देखिएपछि उनी ११ जुलाईमा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । कोरोनामुक्त भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर आइतवार दिउँसो घर फर्किएका छन् । अभिषेक बच्चनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो पिताको कोरोना टेस्ट नेगेटिभ आएको छ र उहाँ अस्पतालबाट डिस्चार्ज भएर घर फर्किनुभएको छ । अब उहाँले घरमा आराम गर्नुहुनेछ । तपाईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’ त्यस्तै, अमिताभ बच्चनले पनि आफू अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् । फेसबुकमा यस्तो लेखेका छन्

उनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो कोभिड टेस्ट नेगेटिभ आएको छ । म डिस्चार्ज भइसकेँ । अब म घरमा नै क्वारेन्टाइनमा बस्नेछु । भगवानलाई धन्यवाद छ, आमा(बुबाको आर्शिवाद, मेरो नजिकका साथी र फ्यानको प्रार्थनाले निको भएँ । साथै, नानावती अस्पतालका स्टाफको राम्रो रेखदेखका कारण यो दिन देख्न पाएँ ।’

उनका छोरा अभिषेक बच्चनको भने अझै कोरोना रिपोर्ट पोजेटिभ छ । यसको जानकारी दिँदै अभिषेक बच्चनले बताएका छन्, ‘म अहिले पनि कोरोना पोजेटिभ छु र अस्पतालमा छु । एकपटक फेरि मेरो परिवारका लागि लगातार प्रार्थना गर्नुहुने सबैलाई धन्यवाद । म कोरोनालाई जितेर चाँडै फर्किनेछु ।’

तपाईको प्रतिक्रिया