के साँच्चै अभिनेत्री नरगिस फाखरी गर्भवती भएकी हुन् ?


एजेन्सी । पछिल्लो समय बलिउड अभिनेत्री नरगिस फाखरी फिल्म ‘अमावस’को प्रोमोशनमा ब्यस्त छन् । अभिनेत्री नरगिस ब्यस्त रहेकी समयमा केही वेबसाइटहरुले उनको प्रेगन्यान्सीलाई लिएर समाचार छापेका छन्, जसको कारण उनी ज्यादै आक्रोसित बनिरहेकी छन् ।

भर्खरै एक न्युज पोर्टलले अभिनेत्री नरगिसको बारेमा समाचार छापेको थियो कि, नरगिस आफ्नो ब्बईफ्रेण्ड म्याट अलोञ्जोबाट गर्भवती भएकी छन् । यसरी समाचार सार्वजनिक भएपछि नरगिसले समाचार सम्प्रेशन गर्ने वेबसाइटलाई कडा जवाफ दिएकी छन् ।

अभिनेत्री नरगिसले ट्वीट उगर्दै भनिन्, ‘तपाईको रिपोर्टरले गलत समाचार छाप्यो, उनलाई लाज लाग्नुपर्ने ! उनी कुनै रोगबाट ग्रसित छन् । जुनसुकै समाचार छाप्नु भन्दा पहिले तपाइले सत्य तथ्यलाई चेक गर्नुस् ।’

नरसिग फखरीको प्रेगन्यान्सीको बारेमा यो पहिलोपल्ट समाचार आएको भने होइन, यो भन्दा पहिले २०१७ मा पनि यस्तै प्रेगन्यान्सीको बारेमा गलत समाचार छापिएको थियो ।

नरगिसको आगामी फिल्म ‘अमावस’ हो । यो फिल्ममा नरगिसको साथमा सचिन जोशी, विवान भतेना, मोना सिंह र अली असगर पनि मुख्य भुमिकामा छन् । फिल्मलाई भुषण पटेलले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया

Loading…