‘कृ’ र ‘अनमोल’ बारे यस्तो आयो कुरा, बिस्तृतमा हेर्नुस्

काठमाडौं/ ‘कृ’ फिल्म २६ शुक्रबारबाट हलहरुमा चलिरहेका छन् । अहिले मिडियामा अनमोल केसीको बारेमा विभिन्न खबरहरु आइरहेका छन् । मिडियामा अहिले अनमोल केसीको बारेमा विभिन्न खबरहरु आइरहेका छन् ।

शुक्रबार फिल्म ‘कृ’ले सोचेको जस्तो ब्यापार गर्न सकेन र हलवालाले शनिबार ‘कृ’को शो घटाए । तर शनिबार फिल्मले अचम्मित पार्यो । एक्कासी फिल्म सबै हलमा हाउसफुल भएको खबर बाहिर आयो । फिल्मले मल्टिप्लेक्समा धेरै शो नपाएपनि स्मल थिएटरमा भने राम्रो शो पाएको थियो ।हलमा दर्शक पनि उतिकै देखिए तर सबै दर्शक ‘कृ’ हेर्न आएका थिएनन् । बलिउड फिल्म प्याडम्यान पनि हेर्न आएका थिए । डिसी नेपालकी संवाददाता सुरक्षा भट्टराईले अनमोल र ‘कृ’ बारे समाचार लेख्दै अनमोलका फ्यान नै नक्कली भएको दाबि गरेकी छिन् ।

दर्शक मिसिएका कारण अनमोलको क्रेज ज्यादा देखियो । फिल्मलाई क्रिटिक्सहरुले हेरेर प्रतिक्रियामा यो बर्षकै कमजोर फिल्मको उपाधि दिए फिल्मको स्क्रिप्ट एकदमै कमजोर रहेको तर अनमोलले गरेको मेहनत देखिएको थियो । फिल्म ‘कृ’ ले दोस्रो दिन दर्शक त पायो तर ती सबै दर्शक आफैं हलसम्म पुगेका थिए वा उनीहरुलाई हलसम्म पुर्याइएको थियो भन्ने प्रश्न यतिखेर उब्जिएको छ । पछिल्लो समय विकसित घटनाक्रमले यस्तै देखाउँछन् ।

राजधानीमा आईतबार फिल्म ‘कृ’को पनि विशेष शो राखिएको थियो जहाँ पत्रकार र रंगकर्मीको पनि उपस्थित रहेको थियो । भीड त्यहाँ पनि थामिनसक्नु नै थियो तर त्यहाँ सबै किनिएका दर्शकको मात्र उपस्थिति रहेको प्रस्ट देखिन्थ्यो ।”साथै पत्रकार सुरक्षाले अनमोलको फ्यान समेत नक्कली भएको दाबि पनि गरेकी छिन् । अनमोलको क्रेज देखाउनलाई जबरजस्ति हुटिङ गर्न लगाईएको उनको दाबि छ ।

तपाईको प्रतिक्रिया