‘कृ’ मा सामसङ मोबाइल

काठमाडौं, फागुन १ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र  ‘कृ’ सँग सामसङ स्मार्टफोनले समन्वय गरेको छ । चलचित्रमा कलाकार अनमोल केसीले ८ प्लस फोन प्रयोग भएको छ । विदेशी फिल्महरुमा जस्तै सामसङको प्रवद्र्धन गर्ने उदेश्यले कम्पनीले चलचित्रसँग समन्यवय गरेको सामसङ नेपालका प्रमुख श्री प्रणय रत्न स्थापितले बताए ।

फोनको प्रचार प्रसारमा सहयोग पुगेको भन्दै कम्पनीले आगामी दिनहरुमा पनि यस्तै कामलाई प्राथमिकतामा राख्ने जनाइएकाे छ । सामसङले टिभी, स्मार्टफोन, ट्याब्लेट, क्यामेरा, वेरेबल डिभाइसेस, डिजिटल एप्लाएन्सेस, प्रिन्टर, मेडिकल इक्वीप्मेन्ट, नेटवर्क सिस्टम,सेमिकन्डक्टर तथा एलइडी सोल्यूसन्सका सामग्रीहरु उत्पादन गर्दै आइरहेकाे छ ।

तपाईको प्रतिक्रिया