‘कृ’को ‘यति यति पानी’ सार्बजनिक, क्लबमा मस्त नाचे अनमोल, भिडियोमा हेर्नुस्

ईटहरी/ सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र  द सुपर काजोल फिल्मसको प्रस्तुतिमा बनेको सर्बाधिक प्रतीक्षा गरिएको फिल्म ‘कृ’को प्रचार गतिविधिलाई तिब्र पार्दै ट्रेलर पछि आज पहिलो गीत रिलिज भएको छ । केहि साता अघि मात्र ट्रेलर सार्बजनिक भएको ‘कृ’ फिल्मको ‘यति यति पानी गंगै रानी’ बोलको गीतको भिडियो युट्युब मार्फत सार्बजनिक भएको हो ।

नायक अनमोल केसिले यो गीतमा मज्जैले नाचेको देख्न सकिन्छ । अनमोल पहिलो पटक क्लब गीतमा यसरी नाचेका हुन् । निकै नै प्रतिक्षित मानिएको यो भिडियोलाई आम सिनेप्रेमी दर्शकहरूले मन पराउनेमा दुई मत छैन । सार्बजनिक भिडियोको गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत रहेको छ । हेर्नुस् कृ को पहिलो गीत ‘यति यति पानी’ को भिडियो यस्तो छ ।

यो गीतलाई यसअघि सार्बजनिक ‘सत्रुगते’को ‘रुपै मोहनी’ गीत संग टक्करमा आउने अनुमान गरिएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भएर टन्नै फ्यान फलोईङ कमाएका अनमोल यो फिल्ममा एक्सन अवतारमा प्रस्तुत भएका छन् । यसैले पनि फिल्म बहु प्रतिक्षित बनिरहेको छ । अनमोल संग स्क्रीन शेयर गर्दै नेपाली फिल्म उद्योगमा डेब्यु गर्न लागेकी अदिती बुढाथोकीलाई पनि निकै सम्भावना बोकेको नायिकाको रुपमा चर्चा हुन थालेको छ ।

अङ्ग्रेजी नयाँ बर्षको अवसर पारेर सार्बजनिक गरिएको यो गीतको भिडियोलाई रेनेशा बान्तावा राईले कोरियोग्राफी गरेकी छिन भने पुरुश्वत्तोम प्रधानले खिचेका हुन् । कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन भने सुवास गिरी र भूवन केसीको कृ मा संयुक्त लगानी रहेको छ । फिल्म यसै माघ २६ गतेबाट देसैभरका हलहरुमा एकसाथ सार्बजनिक प्रदर्शनमा आउदैछ ।

तपाईको प्रतिक्रिया