‘कृ’को नयाँ गित, स्कटल्याण्डमा जानी नजानी अनमोल र अदिती (भिडियो सहित)

ईटहरी/ यो बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’ रिलिजको संघारमै आइपुग्दा फिल्मको दोश्रो गीतको भिडियो सार्बजनिक भएको छ । फिल्मको यसअघि ट्रेलर र एक गीत ‘यति यति पानी’ सार्बजनिक भइ लोकप्रिय बनिसकेको छ । सार्बजनिक ‘जानी नजानी’ बोलको गीतमा रोदित भण्डारिको आवाज रहेको छ भने रोदितकै सब्दमा उनी र विशेष पाण्डेले संयुक्त रुपमा संगीत भरेका छन् ।

यो भिडियो छायांकनका लागि गत हप्ता मात्रै कृ युनिट स्क्टल्यान्ड पुगेका थिए । अनमोल र अदिती रोमान्टिक अवतारमा प्रस्तुत भएको भिडियो हतार हतारमै काठमाडौमा एक कार्यक्रम गरि सार्बजनिक गरिएको हो । त्यहस्थित यो भिडियोलाई पुरुश्वत्तम प्रधानले ३ दिन लगाएर खिचेका हुन् । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

यहि माघ २६ बाट सार्बजनिक हुँदै गरेको ‘कृ’ सुवास इन्टरटेन्मेन्टको ब्यानरबाट निर्माण भएको हो । फिल्ममा सुवास गिरि र भुवन केसिको संयुक्त लगानी रहेको छ भने कमल गिरि कार्यकारी निर्माता हुन् । फिल्ममा श्री पराजुली सह निर्माताको रुपमा प्रस्तुत भएका छन् । अनमोल अदिती संगै फिल्ममा अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया