‘कृ’को ट्रेलरपछि ‘यति यति पानी गंगै रानी’ मा नाचे अनमोल

ईटहरी/ सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको र द सुपर काजोल फिल्मसको प्रस्तुतिमा बनेको सर्बाधिक प्रतीक्षा गरिएको फिल्म ‘कृ’को प्रचार गतिविधि बिस्तारै तातिन थालेको छ । २ साता अघि मात्र ट्रेलर सार्बजनिक गरेर चर्चा सहित रेकर्ड कायम गरेको कृ को अर्को चर्चा सुरु हुन थालेको छ । त्यो चर्चा हो उक्त फिल्ममा समाबेश गरिएको एक क्लब गीतको ।

यहि आउदो आइतबार सार्बजनिक गरिने फिल्मको ‘यति यति पानी गंगै रानी’ बोलको गीतको भिडियोबाट केही तस्बिरहरू निर्माण युनिटले सामाजिक संजालमा सार्बजनिक गरेपछि यो विशेषले मिडियामा राम्रै स्थान पाउन थालेको छ । नायक अनमोल केसिले यो गीतमा मज्जैले नाचेको छ भन्ने अनुमान सार्बजनिक तस्बिरबाट गर्न सकिन्छ ।

लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भएर टन्नै फ्यान फलोईङ कमाएका अनमोल यो फिल्ममा एक्सन अवतारमा प्रस्तुत भएका छन् । यसैले पनि फिल्म बहु प्रतिक्षित बनिरहेको छ । ट्रेलर सार्बजनिक भएपछि हालसम्म १५ लाख भन्दा बढी पटक हेरिएको छ भने अनमोल संग स्क्रीन शेयर गर्दै नेपाली फिल्म उद्योगमा डेब्यु गर्न लागेकी अदिती बुढाथोकीलाई पनि निकै सम्भावना बोकेको नायिकाको रुपमा चर्चा हुन थालेको छ ।

अङ्ग्रेजी नयाँ बर्षको अवसर पारेर सार्बजनिक गर्न लागिएको उक्त गीतको भिडियोलाई रेनेशा बान्तावा राईले कोरियोग्राफी गरेकी छिन भने पुरुश्वत्तोम प्रधानले खिचेका हुन् । गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत रहेको छ । कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन भने सुवास गिरी र भूवन केसीको कृ मा संयुक्त लगानी रहेको छ । फिल्म यसै माघ २६ गतेबाट देसैभरका हलहरुमा एकसाथ सार्बजनिक प्रदर्शनमा आउदैछ ।

तपाईको प्रतिक्रिया

Loading…