‘कुटुमा कुटु’ पछि स्वस्थिमाको आयो अर्को मज्जाको ठुम्का (भिडियो सहित)

ईटहरी/ नेपाली फिल्मकि चर्चित नायिका स्वस्तिमा खड्काले होस्टेल बाट आफ्नो फिल्म यात्रा सुरु गरिन । म्युजिक भिडियोहरुमा निकै नै जमेकी खडकाले केहि फिल्म पनि खेलिकी छिन । खासै फिल्मी गतिविधिमा अघि नदेखिए पनि उनको चर्चा भने कहिले सेकाउदैन । फिल्म २ रुपैयाको गीत ‘कुटुमा कुटु’बाट एउटा छुट्टै छबि बनाएकी स्वस्थिमाको फेरी त्यस्तै खाले गीतको भिडियो केहि समय अघि सार्बजनिक भएको छ ।

फिल्म ‘जय भोले’को लोक लयमा तयार भएको ‘उम्ल्यो भने पोखिन्छ’ बोलको गीतको भिडियोमा स्वस्थिमाले नायक सालोन बस्नेत, सौगात मल्ल र बुद्धि तामाङ्ग संग मज्जाले ठुम्का हानेकी छिन । उक्त भिडियो हेर्दा त्यहि ‘कुटुमा कुटु’ गीतको झझल्को आउछ । लोक लयका गीत गाउन लेख्न र संगीत भर्न खुबै सिपालु राजनराज सिवाकोटीले यो गीतमा आवाज संगै संगीत भरेका छन् भने उनलाई अर्की गायिका मेलिना राईले गाउनमा साथ् दिएकी छिन ।

अशोक शर्माले निर्देशन गरेको जय भोलेलाई किरण शर्मा, कृति शर्मा, अंकित शर्माले संयुक्त रुपमा निर्माण गरेका हुन् । आउदो दशैको छेको पारेर प्रदर्शन गर्न लागिएको फिल्ममा स्वस्थिमा संगै खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ्ग, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरि, जय नन्द लामा, सुरबीर पण्डित, सरदा गिरि, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरेन्द्र केसीको मुख्य भूमिका रहेको छ । फिल्मको कथालाई खगेन्द्र लामिछानेले तयार गरेका हुन् । हेर्नुस भिडियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया