कुकुरको आक्रमणबाट यि चर्चित नायिका गम्भिर घाइते : शल्यक्रिया गर्ने तयारी

एजेन्सी । भारतीय नायिका पारुल यादव कुकुरको सामूहिक आक्रमणबाट गम्भिर घाइते भएकी छिन् ।साउथ इन्डिया फिल्मकी नायिका यादवलाई बुधबार अंधेरीस्थित उनको निवास नजिकै चार पाँचवटा कुकुरले एक्कासी आक्रमण गरेका थिए । सो समयमा उनले आफ्नो घरको कुकुरलाई बाहिर घुमाउन लगेकी थिइन् ।

सोही समयमा भुस्याहा कुकुरको आक्रमणबाट आफ्नो कुकुरलाई बचाउने क्रममा उनको टाउको, हात, अनुहार र घाँटीमा अत्यधिक चोट लागेको भारतीय मिडियाले उल्लेख गरेको छ । घाउ गहिरो भएकाले स शल्यक्रिया गर्ने तयारी थालीएको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…