काेराेना सल्काएकाे भन्दै गायिकाविरुद्ध अदालतमा मुद्दा दर्ता

मुम्बई । बलिउडकी चर्चित गायिका कनिका कपूर आफ्नो कोरोना संक्रमणको उपचारपछि अस्पतालबाट सोमबार घर फर्किएकी छिन् । आफ्नो गृहनगर लखनउको पीजीआई अस्पतालमा उनले कोरोना संक्रमणको उपचार गराएकी हुन् । उनी अस्पताल भर्ना भएको १४ दिनपछि घर फर्किएकी छन् ।

उनको कोरोनासन्धी पछिल्लो दुईवटा परीक्षण नेगेटिभ आएपछि अस्पतालले उनलाई घर पठाएको हो । यी गायिकाले अस्पतालबाट छुट्न नपाउँदै अदालतको समस्या भोग्नुपरेको छ । यी गायिकाविरुद्ध सार्वजनिक रूपमा कोरोना भाइरस फैल्याएको भन्दै अदालतमा मुद्दा परेको छ ।

तपाईको प्रतिक्रिया

Loading…