कायरा ट्रेलर सार्बजनिक, जोडि जम्ला त आर्यन र साम्राज्ञिको ? हेर्नुस् ट्रेलरमा

ईटहरी/ आफ्नो पहिलो फिल्मबाटै सफलता पाउदै गएपछि पछाडि फर्कनु नपरेको भाग्यमानी नायिका हुन साम्राज्ञि राज्य लक्ष्मी शाह । यतिबेला उनी ब्यस्त छिन भने उनको फिल्महरु भटाभट प्रदर्शनको लागि लाईनमा छ । यता फिल्म उद्योगमा चर्चा निकै कमाए पनी सफलताको स्वाद भने खासै चाख्न नपाएका नायकमा पर्छन आर्यन सिग्देल । उनी चर्चित नायक नै हुन तर उनी अभिनित फिल्मले चर्चा खासै पाउदैन थियो भने ब्यापारिक हिसाबले पनि कमजोर ।

पछिल्लो समय उनले बनाउने कायरामा साम्राज्ञि लाई लिइने भनेर चर्चा सुरु भएदेखि उनले डुब्न लागेको करिएरलाई जोगाउन साम्राज्ञि रोजेको हो भनेर चर्चा समेत भयो । हाल यहि फिल्म कायराको ट्रेलर सार्बजनिक भएको छ । साम्राज्ञिले यो फिल्ममा काम गरेबापत लिइएको पारिश्रमिक बारे पनि चर्चा खुबै भएको थियो ।फिलिपिन्समा छायांकन गरिएको फिल्मको ट्रेलर यस्तो बनेको छ ।

आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र आर एन्ड आर प्रोडक्सनको ब्यानरमा संयुक्त प्रस्तुत भएको ‘कायरा’को कथा नायक आर्यन आफैले लेखेका हुन् । प्रेमकथा बोल्ने कायरालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । फिल्ममा आर्यन र साम्राज्ञिको अलावा शिशिर राणा, हितेश शर्मा, मरिशा श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ । निर्देशक लक्ष्मण रिजल नै मुख्य निर्माता रहेको फिल्मको दिनेश थापा र दिवस पराजुली सहायक निर्देशक हुन् । राजकुमार भट्ट कार्यकारि निर्माता रहेको फिल्म आउदो साउन १८ गतेबाट सार्बजनिक प्रदर्शनमा आउदैछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया