कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’

इटहरी/ बिश्वका १९१ रास्ट्रमा सफल प्रशारण भैसकेको साथै सबैभन्दा बढी रुचाइएको नम्बर वान गायन रियालिटी शो ‘द भ्वाइस’ को नेपाली सस्करणको पहिलो डिजिटल अडिसन सम्पन्न भएको छ । ईटहरीमा टीमले एक पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो । सम्मेलनमा टीमको तर्फबाट प्रस्तोता सुशील नेपाल, मुख्य सहायक निर्देशक तथा आईटी हेड फिरोज तिमल्सिना र गायक तथा कोच ‘जर्ज’ प्रमोद खरेल उपस्थित रहेका थिए ।

भ्वाइस अफ नेपाल टीमले नेपालमा पहिलो पल्ट डिजिटल अडिसन गरेर नयाँ शैलीको पनि सुरुवात पनि गरेको कुरा फिरोजले जानकारी गराए । यता गायक प्रमोदले पहिलो चरणको डिजिटल अडिसन सकिएपनी आफुलाई हालसम्म प्रतियोगीहरु बारे कुनै कुराको जानकारी नभएको सुनाए ।

आफुहरुको यो कामले एउटा मिडिया हाउस भन्दा बाहिरबाट पनि उत्कृष्ट कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण दिन सकिने सुशील नेपालले बताए । द भ्वाइस गुगल र्याकिङको समेत पहिलो नम्बरमा छ । जस्को नेपाल फ्रेन्चाईज ‘एएनसि ईभेन्ट म्यानेजमेन्ट’ संग सर्बाधिकार सुरक्षित रहेको छ ।

डिजिटल अडिसन समाप्ती संगै दोश्रो चरणमा छानिएका प्रतिष्पर्धीहरुका बारे उनिहरुकै ठाउमा पुगेर स्टोरी खिच्ने कार्य समेत भैरहेको छ । असार देखि कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने उक्त रियालिटी शोलाई नेपाल आइडल निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । टेलिभिजन प्रसारण भए संगै ब्लाईण्ड अडिसन, बेटल राउण्ड र लाईभ शो गरेर तिन चरणमा शो को समाप्ति हुनेछ ।

द भ्वाइस अफ नेपालको निर्णायक अर्थात कोचको रुपमा दिप श्रेष्ठ, प्रमोद खरेल, अभया सुब्बा र सनुप पौडेल रहेका छन । ब्लाईण्ड अडिसनमा समाबेश हुन सफल प्रतिष्पर्धिलाई कोचले प्रत्यक्ष रुपमा सुन्नेछन र उत्कृष्ट लागेको आवाजलाइ आफ्नै टिममा समाबेश गर्न प्रयास गर्नेछन् । कार्यक्रमले अन्तिम चार प्रतिष्पर्ध बाट एउटा ‘भ्वाइस अफ द नेसन’ घोषणा गर्नेछ ।

प्रतियोगिताको कोचहरु बस्नको लागि पनि विशेष अत्याधुनिक कुर्सीको निर्माण भएको छ । जस्लाई नेपामै उत्पादन गरिएको छ । यता काठमाडौमा नेपालकै सबै भन्दा ठुलो र आधुनिक उपकरण जडित स्टुडियो निर्माण गरि ब्लाईन्ड अडिसनको तयारी पनि भैरहेको छ । द भ्वाइस अफ नेपाल टीमले कार्यक्रम निर्माण र अबलोकनका लागि नेदरल्याण्डबाट एउटा टोलि र अन्य प्रबिधी सहयोगको लागि भारतबाट अनुभबी टोलि पनि बोलाउने भएको छ ।

विजेताले पच्चीस लाख नगद, नयाँ कार, बीस लाख बराबरको भिडियो एल्बमको समझौता तथा वर्ल्ड टुरको अवसर प्राप्त गर्नेछन् । आयोजकको भनाई अनुसार इतिहासमा नै पहिलो पटक उक्त नेपाली शो अन्तराष्ट्रिय प्लाटफर्ममा समेत जानेछ ।

PURBELI TV

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…