‘कान्छी’ संग ‘कृ’ भिडन्त, स्वेताले दिईन् यस्तो प्रतिक्रिया

माघ २६ गते दुई नेपाली चलचित्र एकसाथ रिलिज हुने खबरले मीडियामा निकै गर्माएको छ। करिव दुई बर्ष बढी समय पश्चात पर्दामा चलचित्र निर्माण गर्दै फर्कीएकी स्वेता खड्काको निर्माणमा तयार भएको चलचित्र ‘कान्छी’ माघ २६ मा रिलिज हुदैछ। चलचित्रमा दयाहाङ राई र स्वेता खड्का मुख्य भूमिकामा रहेका छन्।

त्यस्तै करिव दुई बर्षको मिहेनत पश्चात अनमोल केसी चलचित्र ‘कृ’ लिएर आउने तयारीमा रहेका छन्। उनी मुख्य भूमिकामा रहेको चलचित्र पनि माघ २६ गतेबाट नै रिलिज हुने निर्माण टिमले जानकारी दिएको छ। यसकारण पनि चलचित्र नगरी गर्माएको छ। यहि बिचमा स्वेताले चलचित्र रिलिज अनि यो बिषयलाई लिएर तयार भएको समाचारलाई लिएर आफ्नो विचार व्यक्त गरेकी छिन्।

यस्तो छ स्वेताको स्टाटस:

करिव २ बर्षको बिश्राम पस्चात बनेको मेरो चलचित्र ‘कान्छी’ ले तय गरेको माघ २६ लाई अनमोल केसी अभिनित ‘कृ’ले पनि आफ्नो रिलिज मिती तोकेको अपुस्ट खबरले यतिखेर सिनेमा बजार तातेको छ । मैले आत्मा देखिनै आदर गर्ने आदरणिय दाजु भुवन के सि र सुबाश गिरी ज्यु ले निर्माण गर्नु भएको ‘कृ’ले कान्छीकै रिलिज मितिलाई आफ्नो सिनेमाको रिलिज मितीको रुपमा तय गर्नु भएको खबर केही अनलाइन मिडियामार्फत बाहिरिनुले हामी दुबैको सिनेमा एकाअर्काको प्रतिध्वन्दीको रुपमा बजारमा उत्रने शंका उपशंका गरिएको छ र यस्ले दर्शकदिर्घामा केही नैरास्यता उत्पन्न भएको अनुभव गरेकी छु । अफिसियल रुपमा बाहिर नआएको यो समाचारले यि दुबै फिल्म हेर्न आँतुर दर्शक दिर्घाको मनमा निराशा पैदा गरेको गुनासाका शब्दहरु मेरो मोबाइल र सामाजिक संजालको म्यासेज बक्समा निरन्तर आइरहेका छन् । हुनत फिल्मी क्षेत्र आँफैमा ब्यवसायिक क्षेत्र भएकोले यस्मा नाफा घाटाको बिषय पनि प्रमुख भएर आउँछ ।

कस्लाई घाटामा लाने र कस्लाई नाफामा लाने भन्ने अन्तिम निर्णय भगवान सरह दर्शक दिर्घाकै हातमा छ तर नाफाघाटाको बिसयलाई एउटा कुनामा पन्छाएर दर्शकदिर्घाको चाहनालाई मनन गर्नेहो भने यि दुई बहुप्रतिक्षित सिनेमा एकैसाथ नआओस भन्ने एथेस्ट प्रतिकृयाहरु पाएको छु । हामीलाई कलाकारको रुपमा स्थापित गराउने दर्शकहरुनै हुन् । अत:हामीले दर्शकदिर्घाको भावनालाई लत्याउनु भनेको कलाकारिताको धर्म बाट बिमुख हुनु खोज्नु सिवाय केही होइन । यो फिल्म इन्डस्ट्री हाम्रो मन्दिर हो भने हामी कलाकारहरु यस्का पूजारी हौ र दर्शकहरु हाम्रा भगवान ।

हामीले हाम्रो इण्डस्ट्रीलाई मन, बचन र कर्मले स्वच्छ,सफा र सुन्दर बनाई राख्न सक्नु पर्दछ । यो कार्यमा हामी सबैले कुनै रिश,राग र द्वेश नराखी पवित्र भावका साथ अगाडि बढ्नु सिवाय अन्य उपाए देख्दिन । अत: ‘कान्छी’ र ‘कृ’ले हाम्रो फिल्म इन्डस्ट्रीमा भईरहेको बेथितीहरुलाई आत्मसाथ गर्दैन । बरु हाम्रो सिनेमा क्षेत्रमा देखिएको यावत् समस्याहरुलाई समाधानका लागि सामुहिक पाइला चाल्ने छ । सिनेमा जगतलाई नजिकबाट चिनेका र बुझेका हामी दुबै टिमले दर्शकहरुलाई निरास पार्ने काम भएमा हामीले हामीलाई फिल्म इन्डस्ट्रीको ‘कलाकार’का रुपमा चिनाउन पनि लाजमर्दो हुने यथार्थ लाई दुबै पक्षले मनन् गरेका छौ र हामी दुबै टिम बाट दर्शकदिर्घालाई निरास पार्ने काम हुने छैन भन्ने म मेरो ब्यक्तिगत प्रतिवद्दता जाहेर गर्न चाहन्छु । 977mag बाट

तपाईको प्रतिक्रिया