कलियुगकी देवी बनेर आईन यमुना

बेलबारी । गायिका यमुना पराजुली (विष्ट)को चौथो तिज गित “कलियुगकी देवीलाई सजाए झै भाकी छु ”युटयुब मार्फत सार्बजनिक भएको छ ।शास्त्रीय संगितमा राम्रो ज्ञान भएकी पराजुलीका बिगत बर्षहरुमा सार्बजनिक भएका दिदि र बहिनी,साथीसंगी,फलफुल खाई ब्रत बस भन्छन स्वामी राजाले,उठ न दिदि,उठ न बहिनी तिज गित चर्चित बनेका थिए । यो गित पनि दर्शक स्रोताले रुचाउने उनको बिश्वास छ । तिज गित गाउने मात्र भन्दा पनि गितको सन्देश सकरात्मक हुनुपर्ने उनि धारणा राख्छिन ।

बि.स २०३९ सालमा धनकुटाको डाँडाबजारमा जन्मिएकी उनी दिदिको प्रेरणाबाट गित गाउन शुरु गरेको बताउँछिन । २०५६ सालमा पुर्बाञ्चल लोकगित प्रतियोगितामा प्रथम भएपछि उनको सांगितिक यात्रा औपचारिक रुपमा शुरु भएको थियो । हुन त उनका दाई चर्चित लोकगायक तुलसी पराजुली र दुर्गा पराजुलीको साथ र सपोर्ट पनि नभएको होईन । तरपनि उनी आफनी दिदिको बढी साथ सहयोग रहेको बताउँछिन ।

करिब २ दर्जन बढी गीतमा स्वर दिएकी उनले लोकगित,राष्ट्रिय गीत,तिज गित लगायत गाएकी छिन । आधुनिक गितको समेत तयारी गरिरहेकी उनी बेलबारी २ मा रहेको कबिर माध्यमिक बिद्यालयकी शिक्षक समेत हुन । शिक्षणका अलावा उनी गित संगितमै रमाउने गरेकी छिन । गलामा समस्या भएपछि केही समय बिश्राम लिएपछि उनी पुन गित संगितमा फर्किएकी छिन ।

उनको पछिल्लो गित कलियुगकी देवीलाई सजाए झै भाकी छु,तिज गित मात्र नभएर एउटा महत्वपुर्ण सन्देश समेत भएको बताउँछिन । तारा पराजुलीको शब्द र दुर्गा पराजुलीको संगितमा तयार भएको सो गीतको म्युजिक भिडियो बेलबारी ३ मा छायांकन गरिएको छ । भिडियो निर्माणका लागी बेलबारीका महिला जनप्रतिनिधिहरुले सहयोग गरेका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया