कलाकार दीपकराज गिरीकी छोरी मौषमीको इन्गेजमेन्ट

काठमाडौं, २४ माघ । हास्यकलाकार दीपकराज गिरीकी छोरी मौषमीको बुधबार सुशील पण्डितसँग इन्गेजमेन्ट भएको छ । लामो समयदेखी प्रेम सम्बन्धमा रहेका मौषमी र सुशीलले आउँदो फागुन ११ गते विवाह गर्ने भएका हुन् । मौषमी र सुशीलबीचको इन्गेजमेन्टमा सहभागी भएकी हास्यकलाकार दीपाश्री निरौलाले उनीहरुलाई बधाइ दिँदै इन्गेजमेन्टको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।

तपाईको प्रतिक्रिया