कलाकार ठग्ने रेप्चुङ फेरि विवादमा : अवार्डका लागि २ लाख मागिएको सहभागीको आरोप

काठमाडौं । नेपालमा संगीतकर्मीहरुलाई विभिन्न बहानामा ठगी गरेको आरोप लागेका मोरङ याङसिलाका राम रेप्चुङ राई मलेसिया पुगेर पनि बिवादमा परेका छन् ।‘अन्तर्राष्ट्रिय म्युजिक अवार्ड गर्ने’ भन्दै मलेसिया पुगेका रेप्चुङ संयोजक रहेको हिमालयन म्युजिक अवार्डमा सहभागी कलाकार युनिक दोङले आफुसँग आयोजकले २ लाख रुपैयाँ मागेको आरोप लगाएका छन् ।

आगामी फेब्रअरी १४मा मलेसियामा हुने भनिएको अवार्डको बिषयमा कलाकार दोङले फेसबुकमा स्टाटसै लखेर आरोप लगाएपछि अवार्ड विवादमा तानिएको छ । अवार्डको नोमिनेसनमा पर्नका लागि २ लाख मागिएपछि अवार्डमा भाग लिनुको अर्थ नरहेको उनको भनाई छ ।

यसअघि रेप्चुङले नेपालमा मेलिना राई, बिनोद खम्बु लगायतका गायक संगीतकारलाई कार्यक्रम र एल्बमका लागि गाउन लगाएर पैसा नदिएको, महेन्द्र राईलाई पत्रपत्रिकामा समाचार निकालिदिने भन्दै पैसा लिएको लगायतका आरोप लागेपछि उनि विवादमा परेका थिए ।

तपाईको प्रतिक्रिया