कलाकर्मीलाई सम्मान

काठमाडौँ / किरात राई सांस्कृतिक कलाकार संघले कलाकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ । संघको १३ औं स्थापना दिवसको अवसरमा गायक÷संगीतकार बिनोद खम्बुलाई नगद ११ हजार १ सय ११सहित ‘प्रतिभा पुरस्कार’ले सम्मान गरियो । तीन सयभन्दा बढी गीतमा संगीत भरेका र सय हाराहारीमा गीत गाएका खम्बुलाई राई संस्कृति अनुसार फेटा गुथेर नगदसहित सम्मान पत्र प्रदान गरियो ।

त्यसैगरी धेरै पुर्वेली गीतमा स्वर भरेकी गायिका पार्वती राईपनि संघले नगद ११ हजार १ सय ११ सहित ‘संगीत सम्मान’ प्रदान ग¥यो भने फिल्मका छायाँकार युवराज राई (वीरबहादुर)लाई पनि नगद १५ हजारसहित सम्मान प्रदान गरियो । पुरस्कृत तथा सम्मानीतहरुलाई वरिष्ठ गायक तथा कलाकर्मी जीतेन राई लगायतले नगद, प्रमाणपत्र र फेटा प्रदान गरे ।

शनिबार ललितपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजीत कार्यक्रममा सम्मानसँगै गायन प्रतिष्पर्धा र नृत्य पनि प्रस्तुत गरियो । किरात राई समुदायका कलाक्षेत्रमा सक्रिय प्रतिभाहरुलाई हौसला बढाउन हरेक वर्ष पुरस्कार तथा सम्मान प्रदान गरिने गरिएको आयोजकले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया