कलकत्ता थिएटरमा नेपाली ‘उपिया’ (१२ तस्विरहरू )

भारतको कलकत्ता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट नाटक ‘उपिया“को निवन्ध’ मञ्चन भएको छ । रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित सो नाटकको यो ४० औं मञ्चन भएको हो ।

कोलकताका रंगकर्मी, कलाकर्मी, राजनीतिज्ञलगायत विशिष्टि अतिथि तथा नेपाली समुदायसहितको भव्य समारोहबीच फेस्टिभलमा नाटक मञ्चन भएको हो । नाटक ‘उपिया“को निवन्ध’ थिएटर मल, प्रेरणा विद्याश्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले संयुक्त रुपमा तयार पारेको हो । दर्शक तथा समिक्षकले नाटकबारे उत्साहजनक प्रतिक्रिया दिएको बताउ“दै प्रेरणा विद्याश्रमका प्रधानाध्यापक तथा नाटकका कार्यकारी निर्माता हिराबहादुर महर्जनले भने, ‘वंगलादेशको शिल्प कला नाट्य महोत्सव र भारतकै नन्दीपुर नाट्य महोत्सवको समेत हामीले निमन्त्रणा पाएका छौं ।’

नेपाली नाटक हेर्न कोलकताका पूर्वमन्त्री मदन मित्र, कोलकताका लागि नेपालका महावाणिज्य दूत एकराज अर्याल समेत उपस्थित थिए । नाटकपछि नाट्य उत्सवको आयोजक एसो नाटक सिखीका निर्देशक तपास दासले नेपालको नाटक जीवन्त र उत्कृष्ट रहेको उल्लेख गरे । त्यस्तै कोलकताका लागि नेपाली महावाणिज्य दूत एक अर्यालले कोलकताको महोत्सवमा नेपाली नाटक मञ्चन हुनु कोलकतावासी नेपालीहरुको लागि गर्वको विषय बनेको उल्लेख गरे ।

यसअघि यो नाटक २०६८ मा राष्ट्रिय बाल नाटक महोत्सवमा पहिलोपटक मञ्चन गरेको थियो । त्यस्तै २०६९ मा मण्डला थिएटरमा भएको बालनाटक मेलामा चार मञ्चन भएको थियो । नियमित मञ्चनको रुपमा थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले २०७३ मा थिएटर मल नाटकघरमा ३४ मञ्चन गरेको थियो ।

स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपिया“को निबन्ध’ । परम्परागत शिक्षकको दवाव, आक्रोश र त्रासकाबीच एक बालकले अवोध रुपमा गरेको चतु¥याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देख्ने प्रयत्न नाटकमा हेर्न सकिन्छ । यस नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतु¥याईपछि शिक्षकको प्रतिक्रिया हो ।

कुनै एक निश्चित स्कुल र परिवेश, निश्चित पात्रमाथि नभई समग्रताको प्रतिनिधित्व गर्दै नाटकले समग्रताको कथा बोलेको छ । गम्भीर र जटिल विषयवस्तुमाथि सहज प्रस्त्ुतिमा ढाल्दै नाटकले हसाउ“छ तर हसाउ“दा हसाउ“दै र हा“स्दाहा“स्दै विषयको गम्भीरतामा सोच्न ढकढकाउ“छ ।

नाटकमा सकिना, किर्ती, जब्बु, सर्जिला, दिया, योगेश, एलेक्स, आयुश, अडिन, कृष्णा, रोनिक महर्जन, निर्देश केसी र लुमन्ती डंगोलले अभिनय गरेका थिए । राजेश थापाको संगीत रहेको नाटकको परिकल्पना निर्देशक श्रेष्ठले नै गरेका हुन् । २० जनाको नाट्य टोली विहिबार स्वदेश फर्कदैंछ ।

नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंका लगायत आठ देश सहभागी भएको नाट्य महोत्सवमा १६ वटा नाटक मञ्चन भएका छन् । नेपालबाट गार्डेन थिएटरको चे शंकर निर्देशित नाटक ‘मिस्टर फक्स एण्ड स्कुल बोय’ पनि सो महोत्सवमा मञ्चन भएको छ । १७ जुनदेखि सुरु भएको कोलकता इन्टरनेशनल चिल्ड्रेन थिएटर फेस्टिभल २१ जुनमा समापन हु“दैछ । विभु पौडेल, थिएटर मल

तपाईको प्रतिक्रिया