कमेडियन भारतीको घरमा छापा, हर्षलाई बयान दिन नोटिस

काठमाण्डौ / बलिउड ड्रग्स केसमा कमेडियन भारती सिंह पनि मुछिएकी छिन् । भारतीको अन्धेरीस्थित घरमा नारकोटिक्स कन्ट्रोल ब्युरोले छापा मारेको छ ।

यसका साथै एनसीबीले भारती र उनका पति हर्ष लिम्बाचियालाई बयान दिन उपस्थित हुन नोटिस पठाएको छ । पछिल्लो समय एनसीबीले ड्रग्स केसमा कैयौं स्टारहरुलाई निशाना बनाएको छ । हालै अभिनेता अर्जुन रामपालको घरमा पनि छापा मारिएको थियो ।

तपाईको प्रतिक्रिया