कमेडियन कपिल शर्माले सम्पादकलाई फोनमा गरे अश्लील गाली, भने ‘तेरो छोरी मसँग सुत्न चाहन्छे’

एजेन्सी : भारतीय कमेडियन कपिल शर्मा फेरि ठूलो विवादमा परेका छन् । उनले चर्चित अनलाइन स्पटब्यायका सम्पादक विक्की लालवानीलाई फोन गरेर निकै अश्लील गाली गरेका छन् । यो वेबसाइटले कपिल र विक्कीबीचको फोन वार्ताको टेप पनि जारी गरेको छ ।

रेकर्डमा कपिलले विक्की र उनकी छोरीलाई निकै अश्लील गाली गरेका छन् । कपिलले यतिसम्म अश्लील गाली गरेका छन् कि कतिपय गाली समाचारमा उल्लेख गर्न समेत मिल्दैन । कपिलले विक्कीलाई गाली गर्दै भनेका छन् उनले आफूविरुद्ध गलत समाचार छापिरहेका छन् । कपिलले विक्कीलाई पैसाको लागि गलत खबर छापेको आरोप लगाउँदै पैसा चाहिए आफूसँग आउन भनेका छन् । कपिलले गाली गर्दै भनेका छन् ‘तेरी छोरी मसँग सुत्न चाहन्छे । यो लेख न । लेख अनि आफ्नी छोरी बेचेर धनी बन् ।’ कपिल र विक्कीबीचको फोन वार्ता सुन्नुहोस्।

तपाईको प्रतिक्रिया