कथा काठमाण्डु : प्रियंकाको ‘रातको कुरा’ प्रमोद अग्रहरी संग (भिडियो सहित)

ईटहरी/ नेपाली चलचित्र उधोगमा एकपछि अर्को फिल्म रिलिज तथा चलचित्र बनिरहने दौडधुप चलिरहेको बेला फिल्म “कथा काठमाडौँको” पहिलो गित ‘रातको कुरा’लाइ आज युट्युब मार्फत सार्बजनिक गरिएको छ । नेपालि सांगीतिक क्षेत्रमा निकै चर्चित गायिका तथा नेपाल आइडल कि निर्णायक समेत रहेकी इन्दिरा जोशीको स्वरमा रहेको रातको कुरा बोलको गित सार्बजनिक गरिएको हो ।

प्रदिप बास्तोलाको शब्द रचना लाइ सन्दिप कार्कीले एरेन्ज गरेका छन् । फिल्ममा नायिका प्रियंका कार्की संगै आयुस्मान देशराज जोशीलाई पनि प्रमुख भूमिकामा देख्न सकिन्छ । प्रेमी प्रेमिकाको रुपमा मिडियामा छाएका यी दुईले बैबाहिक सम्बन्धको लागि टिकाटालो समेत गरिसकेका छन् । सार्बजनिक भिडियोमा नायिका प्रियंका कार्की र प्रमोद अग्रहरी फिचर भएका छन् । एक लाईभ म्युजिक बारमा प्रेमिल जोडीको रोमान्सलाई भिडियोमा देख्न सकिन्छ ।

यस्तै फिल्ममा प्रमोद अग्रहरी, संजोक कोइराला, सन्ध्या केसी र प्रेक्ष्या अधिकारिको पनि मुख्य भूमिकामै अभिनय रहेको छ । मित्र गुरुङको सम्पादन गरेका छन् भने बिजय राइले फिल्म ‘कथा काठमाडौँको’ निर्माण गरेका हुन् । राजधानी काठमाडौँमा अहिले भैरहेको महिला यौनकर्मीहरुको कथालाइ मुख्य बिषयबस्तु बनाएर फिल्म निर्माण गरिएको छ । यो फिल्म आउदो असोज १२ मा देशभर एकसाथ प्रसर्शन गर्ने तयारि गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया