कति धेरै आक्रोश: २ दिनमै ‘सडक-२’ ट्रेलरलाई ९० लाख भन्दा माथी डिसलाईक

हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लिएको छ । तर, यो ट्रेलरले लाइकभन्दा कैयौं गुणा बढी डिसलाइक पाएको छ । दुई दिनअघि रिलिज गरिएको ट्रेलरमा आलिया भट्ट, पूजा भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ । हामिले यो समाचार तयार गर्दै गर्दा फिल्मको उक्त ट्रेलरलाई हेर्नेको संख्या २ दिनमा ३ करोड ६८ लाख ९६ हजार माथी छ । तर, नसोचिएको बिडम्बना । ट्रेलरलाई डिसलाईक गर्नेहरु मात्रै झन्डै १ करोड पुग्न लागिसकेको छ । अर्थात ९० लाख बढी डिसलाईक आईसकेको छ । यसरी डिसलाईक आउने क्रम हरेक सेकेन्ड सेकेन्डमा हजारौंको हाराहारीमा छ । यता लाईक गर्नेको संख्या भने ४ लाख ८४ हजारको माथी मात्रै छ ।

ट्रेलरमाथी यस्तो आक्रमण छ भने फिल्म रिलिज भएपछिको अवस्था के होला ? युट्युबमा फिल्मको ट्रेलर रिलिज हुनासाथ भारतीय दर्शकले यसलाई डिसलाइक गर्न शुरु गरेका थिए । जुन निरन्तरता अहिलेसम्म पनि छ । भारतीय फिल्म नगरीमा चलेको नेपोटिज्म बहसले यो फिल्मलाई पूर्ण रुपमा प्रभावित पारेको छ । यो यति छोटो समयमा धेरै डिसलाइक पाउने पहिलो ट्रेलर हो ।

फिल्ममा आलियाको अभिनय छ । जुन फिल्म उनका बाबु महेश भट्टले निर्देशन गरेका हुन् । होम प्रोडक्सनको फिल्ममा आलियाले अभिनय गरेका कारण पनि दर्शकहरु यो फिल्मका विरुद्ध खनिएका हुन् । तीन कथाहरुको एउटा यात्रा भनिएको यो फिल्ममा मुकेश भट्टको निर्माण रहेको छ । फिल्म २८ अगस्टमा डिज्ने प्लस हटस्टारबाट रिलिज हुँदैछ ।

तपाईको प्रतिक्रिया