ओभरसीज राइट्सका लागि ‘केजीएफ च्याप्टर २’का निर्माण टिमले मागे ८० करोड

एजेन्सी / यश स्टारर ‘केजीएफ च्याप्टर २’ बलिउडको बहुप्रतिक्षित फिल्ममध्ये एक हो । मिडिया रिपोर्ट अनुसार १६ जुलाईमा रिलिज हुने यस फिल्मको ओभरसीज राइट्सका लागि मेकर्सले मोटो रकम(८० करोड) माग गरेका छन् ।

यसपछि जुन डिस्ट्रीब्यूटिंग कम्पनीले फिल्ममा लगाव देखाएका छन् उनीहरु पछि सरेका छन् । यसभन्दा पहिले हिन्दी राइट्सका लागि फरहान अख्तर र रितेश सिधवानीकको कम्पनी एक्सेल इन्टरटेन्मेन्टले ९० करोडमा राइट्स किनेको चर्चा चलेको थियो ।

१०० करोडको बजेटमा बनेको यस फिल्ममा यश, सञ्जय दत्त, श्रीनीदि शेट्टी, रवीना टन्डन, प्रकाश राज लगायतको अभिनय रहेको छ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका छन् । यस फिल्मको अघिल्लो भागले बक्स अफिसमा राम्रो कमाई गरेको थियो भने दर्शकहरुको राम्रो प्रतिक्रिया पाएको थियो ।

तपाईको प्रतिक्रिया