ओझेलमा रहेका स्थलहरुलार्इ चित्रमा कैदगर्दै प्रचारप्रसार

धरान / पर्यटन व्यवसायीहरुले आ आफ्नो ठाउको पर्यटकीय गन्तव्य स्थलको प्रचार प्रसार गर्न विभिन्न कार्यक्रमहरु पनि अगाडि सारेका छन् । पछिल्लो समय विश्वकै ध्यान नेपालमा केन्द्रित गर्न साहसिक खेलको रुपमा परिचित प्याग्लाइडिङ, ¥याफिटङ, साइकिलिङ लगायतका खेलहरु समेत व्यवसायीहरुले धमाधम भित्र्याइरहेका बेला कलाप्रेमी समेत आफ्नो ठाउको पर्यटन प्रवद्र्धनका लागि चित्रकलाद्वारा प्रचार प्रसारमा जुटेका छन् । उनीहरुले पूर्वमा रहेका अत्यन्तै सुन्दर पर्यटकीय स्थलदेखि लिएर ओझेलमा रहेका स्थलहरुको चित्रमा कैद गरेर प्रचार प्रसारमा जुटेका हुन् ।

धरानको युुवा कला केन्द्र अहिले पूर्वका ओझेलमा रहेका आकर्षण गन्तव्य स्थलको प्रचारप्रसारमा जुटेका छन् । केन्द्रका ५ जना कलाकारहरु अत्यन्तै महत्वपूर्ण रहेका गन्तव्य स्थल, धार्मिक क्षेत्र लगायत सुन्दर दृश्यहरु चित्रमा कैद गरेर उनीहरुले बनाएका सामाग्रीको प्रचारमा जुटेका हुन् ।

चित्रकलाको प्रवद्र्धनसंगै पूर्वमा रहेका गन्तव्य स्थलको विश्वसामू प्रचार गर्ने उद्देश्यले ४ महिना अगाडिदेखि प्रत्येक शनिवार पर्यटकीय गन्तव्य स्थलमै पुगेर त्यस ठाउमा भएको महत्वपूर्ण कुरालाई चित्रमा उतार्ने गरेको युवा कला केन्द्र धरानका अध्यक्ष महेन्द्र राईले बताउनुभयो ।

युवा कला केन्द्रमा आवद्ध ती कलाकारहरु हालसम्म धरानका अलावा धनकुटा, तेह्रथुम, संखुवासभा तथा मोरङका अत्यन्तै आकर्षक गन्तव्य स्थल पुगिसकेका छन् ,। उनीहरुले त्यहा रहेका ५० भन्दा बढी गन्तव्य स्थल तथा धार्मिक महत्व बोकेका मठ मन्दिरका चित्रहरु उतारी सकेका छन् । कलाको माध्यमबाट पर्यटकीय गन्तव्य स्थलको विश्वसामू प्रचार प्रसार गर्न र आन्तरिक तथा वाहय पर्यटकलाई आकर्षण गर्ने अभियान नै कलाकेन्द्रले लिएको केन्द्रका आवद्ध धरान ६ पानबारीका जीवन पौडेल बताउनुहुन्छ ।

युवा कला केन्द्रको यो अभियानको धरानका सर्वसाधाण, बुद्धिजीवि तथा पर्यटन व्यवसायीहरुले प्रशंसा गरेका छन् । विगतमा भएका प्रचारप्रसारको शैली भन्दा यो शैली पृथक भएकोले यसले धेरै हदसम्म सार्थकता पाउने विश्वास पूर्वको पर्यटन विकासको नजिकबाट नियाल्दै आउनु भएका युवा विनोद राईले व्यक्त गर्नुभयो । भविष्यमा उनीहरुले चित्रमा उतारेका यस्ता तस्विरहरुलाई कुनै अवसर वा महत्वपूर्ण दिनमा प्रदर्शन गर्ने योजना समेत बनाएका छन् । लेन्डसेप डेून नाम दिएको यो विधिले पूर्वको गन्तव्यस्थलको विश्वसामू प्रचारप्रसार हुने अपेक्षा समेत उनीहरुले गरेका छन् ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

सर्दुमा पुल निर्माणले तिब्रता पायो

लिम्बुको थाँत थलो बचाउन लागे लिम्बुहरु

धरानमा एक अज्ञात बालक माथी एसिड प्रहार

धरानमा घरको छतबाट खसेर एक युवक घाइते

धरानमा खुकुरी प्रहारबाट एक युवक घाइते

भारी मात्रामा पटका सहित तीन भारतीय प्रक्राउ (तस्विरहरू सहित)

धरान स्थित सूर्य कत्था उद्योगा आगलागी, आगलागी अझै नियन्त्रणमा आएन (तस्विरहरू सहित)

जैविक विविधिता पार्क बनाउन जुटे धरानेहरु

असुरक्षासंगै लागू औषध ओसापसारका केन्द्रविन्दु, चोरी बढ्पछि पत्रङ्गबारीमा प्रहरी विट सञ्चालन

धरानको शक्तिपीठ दन्तकाली मन्दिरमा भक्तजनको भीड

तपाईको प्रतिक्रिया