एलिना चौहानको नया गीत, फन पार्कमा भेट्ने कुरा गर्दै सुधिर र सृष्टि

इटहरी / ‘सुनन पियारी’को सफलतापछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ ।

गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् । रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका छन् । भने भिडीयोलाइ निशान घिमिरेले सम्पादन र निर्दशन गरेका हुन् । उत्सब दाहालले खिचेको भिडीयोमा अनिता ग्वाछाको मेकअप देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया